
फिदिम ।
उदीयमान गायिका ज्योति बेघा लिम्बूको नयाँ ‘जाने भए जाउ’ बोलको गीत सार्वजनिक भएको छ ।
इक्साहाङ चेम्जोङको शव्द तथा एकान्त आङदेम्बेको संगीतमा निर्माण भएको (फिमेल भर्जन) को ‘जाने भए जाउ’ बोलको गीत र भिडियो सहित बुधबार बेलुकी एकान्त आङदेम्बेको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको छ ।

गायिका बेघाको यो दोश्रो गीत हो । यो भन्दा पहिला लिम्बू भाषाको ‘लाम्बाक कुम्बाक’ बोलको गीत गाइसकेकी छन्। यस गीत पहिलेनै (मेल भर्जन)मा सुगम नेम्वाङले गाइसकेको थियो।

ज्योति बेघाकै फिचरिङ रहेको मर्मस्पर्शी गितको भिडियोमा धिरेन तुम्बापोको छयांकन तथा बिनोद याक्खाको सम्पादन र कलर रहेको छ । राजु कार्कीको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा माटरिङ योगेन मुकारुङले गरेका छन् ।
भिडियो हेर्नुहोस…