
पाँचथर:
पाँचथरको कुम्मायक गाउँपालिकामा भदौ ७ र ८ गते राष्ट्रिय परिचयपत्र वितरणको आयोजना गरिएको थियो। जसमा, ६ सय ६२ जनाले सेवा प्राप्त गरेका छन्। शिविर अशक्त, जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरूलाई लक्षित गरिएको पालिका अध्यक्ष बम बहादुर लावतीले बताउनुभयो। पालिकाको केंद्र यासोकमा आयोजित दुईदिने शिविरको उद्देश्य जनतालाई घरमै सेवा पुर्याउनको लागि आयोजना गरिएको लावतीले बताए।
यासोकबाट सदरमुकाम फिदिम जान आउँन गाडिमा महँगो भाडा र समय खेर जान सक्छ भन्ने समस्याको समाधानका लागि यो शिविर आयोजना गरिएको थियो। कुम्मायक-३ आङ्ठवाका राई प्रसाद सम्बाहाम्फेले सदरमुकाममा जाने झन्झट र भिडभाडको अनुभव नगरी आफ्नो गाउँमै सेवा प्राप्त गर्न पाउँदा धेरै सहज महसुस गरेको बताउनु भएको छ। उनका आमा, ८८ वर्षीया सुखमाया लिम्बूले पनि घरमै पुगेर राष्ट्रिय परिचयपत्र प्राप्त गर्दा खुशी भएको कुरा व्यक्त गर्नुभयो।
मुख्य जिल्ला अधिकारी (सिडिओ) विष्णुप्रसाद कोइरालाले ग्रामीण क्षेत्र र जिल्लाका ८ वटै स्थानीय तहमा राष्ट्रिय परिचयपत्र वितरणको अभियान चलाउने जानकारी दिनुभयो। यसअघि याङ्वरक गाउँपालिकाको केन्द्र थर्पुमा ५ सयभन्दा बढीले सेवा प्राप्त गरेका थिए। अब बाँकी सबै पालिकामा पनि यस्ता सेवा जनताको घरदैलोमा पुर्याउने योजनामा रहेको उहाँले बताउनु भयो।