
बझाङ । प्रगतिशिल युवा समाज बझाङको १४ औं वार्षिक साधारण सभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । सनिवार एक कार्यक्रमका विच जिल्ला समन्य समितीको सभाहलमा संस्थाका अध्यक्ष रमेश केसीको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रममा संविधान सभा सदस्य चन्दा जोशी प्रमुख अतिथी रहनुभएको थियो ।
कार्यक्रममा प्रगतिशिल युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले आर्थिक वर्ष २०८०।८१ मा सस्थावाट भए गरेका कामहरुको प्रगति तथा भएको खर्चको प्रतिवेदन सार्वजनिक गर्नूू भएको थियो, भने कार्यक्रमको सहजीकरण पत्रकार रिदम सिंह गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै सस्थाका निवर्तमान अध्यक्ष प्रकास बहादुर सिंहले भने हामिले यो सस्था स्थापना गर्दै गर्दा विभिन्न कठिनाईहरु आए अहिले आएर बझाङ जिल्लामा विभिन्न परियोजना मार्फत जिल्लाका चार ओटापालिकामा आप्ना विभिन्न परियोजना मार्फत समाज रुपान्तरणका लागी लागी काम गरेको देख्दा आफुलाई खुसी लागेको र पछिल्ला दिनहरुमा पनी यसले निरन्तरता पाउनुपर्ने बताए ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य चन्दा जोशीले भनिन् प्रगतिशिल युवा समाजले जिल्लाामा स्वास्थ्य शिक्षा रोजगार लगाएत यहाँका स्थानियहरु सँङ्ग मेल खाले जनजिविकाका कार्यक्रमहरु सञ्चालन गनुपर्ने बताए । फरक, प्रसङ्गमा वोल्दै जोशीले भनिन् यो सस्थाका सस्थापक मेरा श्रीमान यो धर्तीमा नरहेपनी उहाँकोले सोच विचारलाई आत्मसात गरी समाज रुपान्तरणका लागी ठुलो भुमिका खेलेको बताए ।
यस्तै समापन कार्यक्रममा बोल्दै प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले भने पछिल्लो समय कतिपय युवाहरु रोजगारीको लागी वाहिर देश जाने गरेको अवस्था भयावह अवस्थामा छ, यो सस्थाको काम बझाङ जिल्लामा मात्रै भएको भएता पनी यस सस्थामा कार्यरत कर्मचारीहरु बझाङ जिल्लाका भात्रै नभएर वाहिरी जिल्लाका सक्षम युवाहरु पनी यहि जिल्लालाई कर्मथलो वनाएर काम गरीरहेका हुदा आफुलाई हर्षित बनाएको र पछिल्ला दिनहरुमा सस्थाको कार्य क्षेत्र फराकिलो वनाएर समाज रुपान्तरण र विकासको यात्रामा अगाडी वढ्ने बताए ।
समाज परिवर्तनका लागी एकै पक्षले मात्रै सम्भव सवै पक्ष लाग्नुपर्ने भएकाले समाज रुपान्तरणको यात्रामा सवै क्षेत्रको साथ सहयोगको खाँचो रहेकोे बताए ।कार्यक्रममा सरकारी तथा गैर सँघ सस्थाका प्रमुख तथा प्रतिनिधि र स्थानियहरुको उल्लेखिय उपस्थिती रहेको थियो ।