पाँचथर।

पछिल्लो समय ग्रामीण क्षेत्रमा खानेपानी, सिँचाइ नहुँदा बसाइँसराइ सर्नेको सङ्ख्या बढ्दो देखिन खालेको छ। गाउँघरमा खेतीयोग्य जमिनहरू भरपर्दो सिँचाइ नहुँदा बाँझिदै गएको किसानहरूको गुनासो छ। तर, नेपाल सरकार र स्विट्जरल्यान्ड सरकार साना सिँचाई (स्वीस) को लगानीमा खेतीयोग्य जमिनहरुमा सदाबहार सिँचाइ हुने गरि पक्की कुलो बनाइदिएपछि किसानहरू उत्साहित भएको छ।

पाँचथर जिल्लामा मात्र आर्थिक वर्ष २०८०/०८१ मा ३९ वटा नयाँ र १५ वटा क्रमागत गरि ५४ वटा पक्की कुलो बनाएर २ हजारभन्दा धेरै किसानलाई सिँचाइको सुविधा पुर्याउन लागिएको साना सिँचाइ फिल्ड क्लष्टर संयोजक केशव लामाले जानकारी दिनुभयो । 

जिल्लामा ५ वटा स्थानीय तहमा काम सुरु भएको छ। जस्मा फिदिम नगरपालिकामा १५ वटा, याङ्वरक गाउँपालिकामा १३ वटा, फालेलुङ गाउँपालिकामा १० वटा, मिक्लाजुङ गाउँपालिकामा ९ वटा र फाल्गुनन्द गाउँपालिकामा ७ वटा पक्की कुलोको काम सुरु भएको लामाले बताउनुभयो ।

भरपर्दो कुलो बनाएर किसानहरूले कृषिजन्य वस्तुको राम्रो उत्पादन हुने र आत्मनिर्भर बन्न सक्ने भएकोले ग्रामीण क्षेत्रमा सिँचाइको योजना सुरु गरेको बताउँछन् । यस आर्थिक वर्षमा जिल्लाको ५ स्थानीय तहमा २४ करोड ७४ लाख लगानीमा काम सुरु भएको छ।

जिल्लामा नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको लगानीमा विगतवर्षदेखि निरन्तर कुलो निर्माण हुदै आएको छ । गतवर्ष पाँचथरको ४ वटा पालिकामा ४८ वटा पक्की कुलो बनाउन २५ करोड ९ लाख लगानी भएको थियो । बनेको नयाँ कुलोबाट पाँचथरका १८ सय १२ घरधुरी किसानले थप सिँचाइ सुविधा पुगेको लुवाफु खोला, लिगिम्वा, हाम्राङ सिँचाइ जलउपभोक्ता संस्थाका अध्यक्ष घनेन्द्र केरुङले बताउँनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय