फालेलुङ गाउँपालिकाको सूचना।

फालेलुङ गाउँपालिका क्षेत्र भित्रका अपाङ्ग पहिचान सम्बन्धी २ दिने ग्रामीण घुम्ती शिविर हुँने भएको छ।

असार ११ गते र १२ गते दुईवटा स्थानमा शिविर हुँन लागेको हो। करुणा फाउन्डेसन नेपाल, पाँचथरको सहयोग र फालेलुङ गाउँपालिकाको आयोजनामा ११ गते सिदिन स्वास्थ्य चौकी ७ नम्बर वडा र १२ गते मेमेङ स्वास्थ्य चौकी ३ नम्बर वडामा हुँन लागेको गाउँपालिका स्वास्थ्य प्रमुख सुरज कुमार पासवानले जानकारी दिनुभयो।

शिविरमा मानसिक तथा मनोसामाजिक, बौद्धिक, अटिजम सम्बन्धी, दृष्टि सम्बन्धी र शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको पहिचान सम्बन्धी २ दिने ग्रामीण घुम्ती शिविर संचालन गर्न लागिएको हो। ५ किसिमका अपाङ्गता भएका व्याक्तिहरुको स्वास्थ्य परिक्षण तथा अपाङ्गता परिचयपत्र समेत प्रदान गरिने पासवानले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय