ताप्लेजुङ – सलहेश युवा क्लब सिरहा ताप्लेजुङ गोल्ड कपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न क्वाटरफाईनलको दोश्रो खेलबाट पाँचथर फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सिरहा सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको ४१ औँ मिनेटमा सिरहाका जय गुरुङको प्रहार गरेको बलले जाली चुमेसँगै जितलाई सुनिश्चित गरेको हो । त्यसपश्चात पाँचथरले थप आक्रामक ढंगले खेलेपनि कुनै गोल गर्न नसक्दा पराजय व्यहोर्न बाध्य भएको छ । 


लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा सञ्चालित गोल्डकपको भोलि हुने तेश्रो क्वाटरफाईनल खेलमा बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देही र सगरमाथा युथ क्लब मोरङबीच प्रतिष्पर्धा हुदैछ । यो दुई टीमबीचको बिजेताले सेमिफाईलनमा ताप्लेजुङसँग भाद्र ७ गते भेट पक्का गर्ने छ ।  

भाद्र १० गते सम्पन्न हुने प्रतियोगिताको बिजेताले ५ लाख र उपबिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय