
बझाङ । पहिरो खसेर अवरुद्ध भएको बझाङ जिल्ला जाेड्ने जयपृथ्वी राजमार्ग सुचारु भएको छ । छबिसपाथिभेरा गाउँपालिका–१ तमैलकाे जालीबगरमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग दुई दिनपछि सुचारु भएको हो ।ठुलो पहिरोका कारण राजमार्ग खुलाउन समय लागेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डीएसपी युवराज भण्डारीले बताए ।