पाँचथर ।

विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि दक्षिण कोरियाबाट अक्षयकोषका लागि आर्थिक सहयोग गरेका छन् ।


पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका-५ साविक कुरुम्वा ७ का पञ्चकन्या आधारभूत विद्यलयलाई सहयोग गरेको हो। पछिल्लो समयमा शैक्षिक शिक्षा सरकारी विद्यलयमा घट्दै गएको छ। सोही विद्यलयको बालबालिकाको शैक्षिक क्रियाकलाप, शैक्षिक वातावरण तथा शैक्षिक संस्थालाई थप अतिरिक्त शैक्षिक सामाग्रीको व्यवस्थापन गरि बालबालिकाको नैसर्गिक अधिकार र स्वतन्त्रतलाई थप व्यवस्थित गर्दै विद्यलयमा विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उदेश्यले दक्षिण कोरियामा कार्यरत उपेन्द्र लाओतीको संयोजकत्वमा रकम संकलन गरि बिहिवार विद्यलयलाई हस्तान्तरण गरिएको अभियान सदस्य सुरेन लाओतीले जानकारी दिनुभयो।


अक्षयकोषका लागि नगद ६ लाख ६ हजार १ सय रुपैयाँ संकलन गरिएको थियो। सोही रकम बिहीवार ५ नम्बरका वडाध्यक्ष अविशन आलोतीको प्रमुख आतिथ्यतामा विद्यलय व्यवस्थापन समिती, प्रधानाध्यापक र शिक्षकहरुलाई वडा अध्यक्ष लाओतीद्वारा अक्षयकोषको लागि रकम प्रदान गर्दै, दक्षिण कोरियाबाट आर्थिक संकलन गरि अक्षयकोषमा रकम जम्मा गर्नुहुने सहयोग मनहरुलाई हार्दिक धन्यवाद दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय