
पाँचथर ।
१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका-१३ स्थायी घर भइ फिदिम नगरपालिका-१२ स्थित सिद्धदेवी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक ४४ वर्षीय राजकुमार नेम्वाङ्गलाई भदौ ३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ भदौ २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरि अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ३ गते गरिएको छ ।